Kathmandu Press

‘रासायनिक मल तातोपानी भन्सारको गोदाममा थन्काउनेलाई कारबाही गर्नुपर्छ’

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जो जसका कारणले मल भन्सारमा थन्किए पनि त्यसको मारमा आमकिसान परेको उल्लेख गरे।
‘रासायनिक मल तातोपानी भन्सारको गोदाममा थन्काउनेलाई कारबाही गर्नुपर्छ’

काठमाडौं, फागुन १० : छिमेकी मुलुक चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्काउनेलाई सांसदले कारबाही गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जो जसका कारणले मल भन्सारमा थन्किए पनि त्यसको मारमा आमकिसान परेको उल्लेख गरे। उनले मल रोकेर किसानलाई दुःख दिनेलाई मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताए। 

Hardik ivf

सांसद सुवालले भने,‘किसानले समयमा मल नपाउँदा उत्पादन घट्यो। भारतीय उत्पादन महंगोमा किन्नुपर्दा नेपालको व्यापार घाटा बढ्यो। देश र जनता विरोधी यस्तो षडयन्त्रमा प्रधानमन्त्री, कृषिमन्त्री, कृषि सामग्री कम्पनीका अधिकारीहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न जरुरी छ।’ 

भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकामा १ सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको ७ लाख ३५ हजार बोरा रासायनिक मल सुक्खा बन्दरगाह गोदाममै थन्किएको छ। मल उठाउनुपर्ने अन्तिम मिति नाघेको ८ महिना भएपनि हालसम्म भन्सार कार्यालयमै मल थन्किएको छ। 

भन्सार नियमावलीअनुसार भन्सारमा आइपुगेको ६० दिनसम्म पनि सामग्री नलगेमा प्रक्रिया पुर्‍याएर जफत गर्न सक्ने व्यवस्था छ। 

प्रकाशित मिति: १४:३८ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्