सांसद थापाले भने- स्याङ्जाका तीन सडककाे बजेट किन काटियो?
उनले स्याङ्जा, तनहुँ र पर्वत जोड्ने सडक निर्माण हुँदा तीन वटै जिल्लाको विकासमा टेवा पुग्ने बताएका छन्।
काठमाडौं, फागुन १० : नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य राजु थापाले स्याङ्जा जिल्लाका प्रमुख तीन सडकहरु अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेस जिल्ला सभापति समेत रहेका युवा नेता थापाले स्याङ्जाको पुतलीबजारदेखि पर्वतको कुश्मा जोड्ने सडक, स्याङ्जा जिल्लाको व्यापारिक केन्द्र बालिङ बजारदेखि मिर्दी हुँदै भिमाद सडक र स्याङजाको मग्याङम चिसापानीदेखि तनहुँको दुलेगौडा सडक अलपत्र परेका भन्दै बजेट बिनियोजनका लागि ध्यानाकर्षण गराएका हुन्।
उनले स्याङ्जा, तनहुँ र पर्वत जोड्ने सडक निर्माण हुँदा तीन वटै जिल्लाको विकासमा टेवा पुग्ने बताएका छन्। राज्यको तर्फबाट अर्बौ लगानी भईसकेका यी सडकहरुलाई गत २०७४ सालको सरकारपछि बजेट काटिएको स्मरण गराउँदै सडकहरु निर्माण सम्पन्न गर्नका लागि सरकारले तदरुकता देखाउनुपर्ने उनको माग थियो।
प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
