‘बालुवाटारको जग्गा कार्यकारीको हिम्मतबाट नभई अदालतको फैसलाबाट फिर्ता भएकाे हाे’
उनले स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराउने हिम्मत नदेखाएको बताए।
काठमाडौं, फागुन १० : सांसद डा. अमरेकुमार सिंहले कार्यकारीको हिम्मतबाट नभई अदालतको फैसलाबाट बालुवाटारको जग्गा फिर्ता भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले भने, 'बालुवाटारको जग्गा कार्यकारीको हिम्मतले फिर्ता भएको होइन, सम्मानित अदालतको फैसलाबाट फिर्ता भएको हो।'
उनले स्वतन्त्रबाट निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फिर्ता गराउने हिम्मत नदेखाएको बताए। 'म काठमाडौंका मेयरलाई प्रश्न गर्न चाहन्छु- अदालतले फिर्ता गरिदिएको बालुवाटारको जग्गा खाली गर्न त जानुभयो, छाया सेन्टर र बाँसबारी छालाजुत्ता उद्योगको जग्गा र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ?'
प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
