Kathmandu Press

आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागिरहन्छु : मन्त्री बस्नेत

आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागिरहन्छु : मन्त्री बस्नेत

काठमाडाैं, फागुन १० : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागिरहने बताएका छन्।

बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्याश गर्दै मन्त्री बस्नेतले आफु शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि लागिरहने भन्दै राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने समेत बताए।

Hardik ivf

संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने उहाले बताए। त्यस्तै उहाले चिकित्सा शिक्षा ऐन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर दावी गरे।

बिहीबार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुनेछ। अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। 

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्