Kathmandu Press

गठबन्धनको बैठक सत्ता टिकाउने तर्फमात्रै केन्द्रित : सिके राउत

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए।
गठबन्धनको बैठक सत्ता टिकाउने तर्फमात्रै केन्द्रित : सिके राउत

काठमाडौं, फागुन १० : जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनको बैठक सत्ता टिकाउने तर्फमात्रै केन्द्रित रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए। उनले गठबन्धन टिकाउनमा मात्र नेताहरुले तयारी गर्ने गरेको उल्लेख गरे।

‘म पनि गठबन्धनमा नै छु तर विगतका बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नै भईरहेको छैन्। सबैलाई सत्ता र गठबन्धन टिकाउन चिन्ता छ। कसरी टिक्ने र विरोधीलाई कसरी समाप्त पार्ने भन्नेतर्फ मात्रै ध्यान गएको देखिन्छ,’ उनले भने। शासकहरुमा त्रासको वातावरण बनेको भन्दै चारैतिरबाट सत्ता ढाल्छन् कि भन्ने चिन्ता मात्र रहेको उल्लेख गरे। 

Hardik ivf

उनले भने, ‘अहिले शासकहरुमा त्रासको वातावरण बनेको छ। कसैले धोती मात्र लगाए पनि षड्यन्त्र देख्छ। मधेश प्रदेशको शिक्षामन्त्रीले प्रमुख अतिथिलाई फूल दिन जाँदा पनि गठबन्धन भत्काउन लागेको होकी भनेर लाठीचार्ज गर्ने आदेश आउँछ। सबैलाई सत्ता ढल्छ कि भन्ने चिन्ता छ।’

अध्यक्ष राउतले देशमा चरम निराशा बढेको, सरकार र दलहरुप्रति उदाशिनता देखिएको, देशका हरेक अंगहरु असफल दिशातर्फ गएको भन्दै चिन्ता ब्यक्त गरे। न्यायपालिकाबाट न्याय पाउने आशा नरहेको उल्लेख गर्दै उनले संवैधानिक निकायहरु सरकारको निर्देशन मान्न मात्र व्यस्त रहेको बताए। 

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्