Kathmandu Press

रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी गराउन सांसद थापाकाे माग

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरू न सास न आसको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गरे। 
रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी गराउन सांसद थापाकाे माग

काठमाडौं, फागुन १० : प्रतिनिधिसभाको आजको बैठकमा रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरिएको छ। 

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरू न सास न आसको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गरे। 

Hardik ivf

'नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन्। यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन? औपचारिक रुपमा केही जानकारी पाउन सकेको छैन?,' उनले भने।

उनले रूस–युक्रेन युद्धमा रहेका नेपालीहरुको अवस्था अज्ञात रहेको र परिवारका सदस्यहरु थप पीडामा परेको भन्दै सो स्थानमा रहेका नेपालीको अवस्थाबारे सरकारले तुरून्त जानकारी गराउनुपर्नेमा जाेड दिए।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसद सूर्य थापाले ‘रुसी सेनामा गएका नेपालीको सरकारले उद्धार गर्न सक्छ कि सक्दैन रु’ भनी प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा गएका आफ्नो निर्वाचन क्षेत्रका एकजनाको मृत्यु र एक बेपत्ता रहेको उल्लेख गरे । उनले ‘सरकारले आफ्ना नागरिकका विषयमा किन जानकारी नराखेको रु’ भन्दै प्रश्न गरे ।

'रुसी सेनाका विषयमा सरकार बेखबर छ । मृत्यु भएकाहरूका विषयमा जानकारी माग्दा सरकारले जानकारी समेत दिन सकेको छैन । मेरो जिल्ला र निर्वाचन क्षेत्र प्युठानको काठेबरका सोमेस सुनार २०८० कात्तिकको पहिलो साता वैदेशिक रोजगारीमा कतारमा कार्यरत रहेकै बेला रुसी सेनामा पुगेका कुरा पछि मात्रै थाहा भयो । दुई महिनापछि उनका घाइते साथीमार्फत युद्धमा मृत्यु भएको थाहा भयो,' थापाले भने, 'आज मात्रै स्वर्गद्वारीका लालबहादुर घर्तीमगरको अवस्था दुई महिनादेखि अज्ञात रहेको जानकारी आयो । उहाँ जीवितै हो वा युद्धमा मृत्यु भयो, खोजी गरी जानकारी गराउन कामका निम्ति सरकारको ध्यानाकर्षण गराउँछु।'

सयौंको संख्यामा रुसी सेनामा नेपालीहरु रहेपनि उनीहरुको अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालय असफल रहेको उनले बताउनुभयो। उहाले नेपालीहरु रुसी वा युक्रेनी सेनामा पुराउने अवस्थाको छानबिन गर्नुपर्ने धारणा राखे। अनाधिकृत रुपमा रुस युक्रेनमा फर्काउन सरकारले तत्परता समेत नदेखाएको उनको भनाइ थियाे। 

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्