Kathmandu Press

मृत्युदण्ड सुनाइएका दुई नेपालीका लागि ब्लडमनी जुटाउन सांसद खतिवडाकाे आग्रह

खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाए सुनाइएका मगर र श्रेष्ठको उद्धारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए।
मृत्युदण्ड सुनाइएका दुई नेपालीका लागि ब्लडमनी जुटाउन सांसद खतिवडाकाे आग्रह

काठमाडौं, फागुन १० : कांग्रेस सांसद रामहरी खतिवडाले दुबईको जेलमा ब्लड मनी तिर्न नसकि मृत्युदण्डको सजाए सुनाइएका पहलमान मगर र भुवन श्रेष्ठको ब्लडमनी पचास लाख रुपैंयाँ तिरेर उनीहरुलाई नेपाल ल्याउने पहल गर्न सरकारसँग आग्रह गरेका छन्। 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोलेका सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाए सुनाइएका मगर र श्रेष्ठको उद्धारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए।

Hardik ivf

खतिवडाले भने, ‘ओखलढुंगा चिसंखुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धार्दिङ निवासी पहलमान मगर पाँच वर्षदेखि युएईको दुबईमा एउटा जेलमा हुनुहुन्छ। उहाँहरुले नवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लाने क्रममा आलेको मृत्यु भएपछि त्यो केसमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा छन्। दुवैले ५० लाखका दरले ब्लडमनी नदिए यही महिनामा उनीहरुलाई मृत्युदण्ड दिने घोषणा युएई सरकारले गरेको छ।’

उनले थपे, ‘सरकारले भुवन श्रेष्ठ र पहलमान मगरलाई स्वदेशमा ब्लडमनी तिरेर ल्याउने पहल गरोस्। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले छिटो भन्दा छिटो पहल गर्नुपर्यो।’  त्यस्तै उनले इजरायल हमार द्वन्द्वमा हमास नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गरे। 

‘हमासले अपहरण गरेका विपीन जोशीको अवस्था के छ त्यो जानकारी सरकारले सदनलाई गराउनुपर्यो’ सांसद खतिवडाले भने। 
 

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्