Kathmandu Press

शून्य समयमा विकास निर्माण र जनजीवनका सवालमा ध्यानाकर्षण

नेकपा एमालेका नेता योगेश भट्टराईले उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्षरूपमा उपकुलपति छनोट गर्न माग गरे।
शून्य समयमा विकास निर्माण र जनजीवनका सवालमा ध्यानाकर्षण

काठमाडौँ, फागुन १० : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रमा विकास, निर्माण र जनजीवनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। 

नेकपा एमालेका नेता योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गत कात्तिक १८ गतेदेखि उपकुलपति पद रिक्त रहेको र उपकुलपतिजस्तो पदको अन्तर्वार्ता शिक्षामन्त्री र सचिवले लिइने प्रवृत्ति गलत भएकाले स्वतन्त्र र निष्पक्षरूपमा उपकुलपति छनोट गर्न माग गरे।

Hardik ivf

बैठकमा सांसदहरूले मुलुकमा सुशासन हुनुपर्ने, स्थानीय तहमा बैंकका शाखा सञ्चालन हुनुपर्ने, कर्णाली करिडोर स्तरोन्नति हुनुपर्ने, कृषिका उपज सहजरूपमा बजारमा जाने वातावरण हुनुपर्ने, सहकारीपीडितले न्याय पाउनुपर्ने, मापदण्डविपरीत चुनढुङ्गा खानी उत्खनन गरी स्थानीयलाई प्रभावित पार्न नहुनेलगायत विषय उठाए। 

यस्तै सांसदहरूले सवारी दुर्घटना नियन्त्रण, बाल सुधारगृहमा अनुगमन हुनुपर्ने, जाजरकोटका भूकम्पपीडितले अझै राहत नपाएको, मेडिकल काउन्सिलको लाइसेन्सको परीक्षा तोकिएभन्दा एक दिन अगाडि बिनासूचना लिइएको विषय उठाएका थिए। 

सांसदहरू भगवती चौधरी, भानुभक्त जोशी, महेशकुमार बर्तौला, महेन्द्रबहादुर शाही, मैना कार्की, मानवीर राई, माधव सापकोटा, मुक्ताकुमारी यादव, गङ्गाप्रसाद यादव, मीना तामाङ, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराइली, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजन केसी, रामकुमार राई, रामहरि खतिवडा, रुक्मिणी राना बराइली, लक्ष्मी तिवारी, एलपी साँवा लिम्बू, लीलानाथ श्रेष्ठलगायतले भाग लिएका थिए।

प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्