बालकुमारीको घटनाका दोषीलाई जेल हाल्न सांसद शाहीकाे माग
सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीहरुले आन्दोलन गर्न नपाएको, विकास योजनाहरु अलपत्र परेको बताए।
काठमाडौं, फागुन १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्पा) का सांसद ज्ञानेन्द्र शाहीले बालकुमारीको घटनाका दोषीलाई जेल हाल्न माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने, ‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नुभएको थियो। देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारीको घटनाका हत्या भनेपनि आदेश दिने गृहमन्त्री, भौतिक पूर्वाधा मन्त्री र गोली हान्ने प्रहरीका डिएस्पीलाई प्रक्राउ गरेर जेल किन नहालेको ?’ उनले प्रश्न गर्दै भने,‘हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्री जस्तो मान्छेले जे पाए त्यही बोल्न पाइँदैन्।’
उनले भने, ‘प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरें भन्नुहुन्छ तर सम्मानित अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसँग चिया खाइ रहेका छन्। कुममा कुम जोडेर हिडिरहेका छन्। के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो ?’ सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीहरुले आन्दोलन गर्न नपाएको, विकास योजनाहरु अलपत्र परेको बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
