Kathmandu Press

किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : लामिछाने

उनले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरुको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए। 
किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : लामिछाने

काठमाडौं, फागुन १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताएका छन्। 

प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरे।

Hardik ivf

‘किसानको दुध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ,' उनले भने, 'किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् होसियार रहनुहोला।’ 

उनले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरुको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए। 

भूमीहीन सुकुम्बासीहरुलाई चुनावी फन्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमीहिन आयोगले विशेष ध्यान दिनुपर्ने बताए। 

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्