मन्त्री ज्वालालाई कारबाही गर्न एमालेको माग
विशेष समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालाको राजीनामा मागे। ‘मन्त्री ज्वालाले घटना भएकै दिनुभएको भए स्थिति यस्तो हुँदैन थियो। तर, उहाँले नैतिकता देखाउनु भएन,’ पन्तल भने।
काठमाडौं, फागुन १० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालाको राजीनामा मागे। ‘मन्त्री ज्वालाले घटना भएकै दिनुभएको भए स्थिति यस्तो हुँदैन थियो। तर, उहाँले नैतिकता देखाउनु भएन,’ पन्तल भने।
उनले तत्कालिन मन्त्री शेरबहादुर तामाङले बोल्दा सामान्य तलमाथि पर्दा त्यसको विरोध भएपछि नैतिकताका आधामा राजिनामा दिएको प्रसंग पनि उठाए।
उनले अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन्।
यस्तै, सांसद् पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन र भ्रष्टाचारको विरुद्धमा भाषण गरेपनि काम भने त्यसको विरोध गरेको बताए। उनले नैतिक रुपमा पर्यटनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका उपाध्यक्ष लारक्याल लामालाई प्रधानमन्त्रीले हटाउनु पर्ने पनि बताए।
‘प्रधानमन्त्री सुशासनको भाषण गर्नुहुन्छ, भ्रष्टाचारको विरोधमा भाषण गरेर हिँड्नुहुन्छ, अर्कोतिर उहाँको पर्यटनमन्त्रीले सिफारिस गरेको, उहाँले नियुक्त गरेको लारक्याल लामाले लुम्बिनी विकास कोषको उपाध्यक्षको हैसियतमा लुम्बिनीको रामग्राम गरिएको कामलाई सरकारका सम्पूर्ण निकाय र लेखा समितिले पनि कानुन विपरित भएको ठहराउँछ, र उहाँले त्यो सबै फिर्ता लिनुहुन्छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिको लहैलहैमा लागेर प्रधानम्न्त्री त्यो कार्यक्रमको उद्घाटन गर्नचानुहुन्छ, यो केको तागतले ? अनि प्रधानमन्त्रीले नैतिकताको भाषण गरेर हिँड्न मिल्छ ?’
पन्तले अवैधानिक कामको उद्घाटन गर्न किन जानु भयो यसको जावफ प्रधानमन्त्रीले दिनुपर्ने बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
