राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा
राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन्।
बागलुङ, फागुन १० : राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन्। हिजोदेखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति बाग्लुङ आएका हुन्।
उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए। राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन्।
पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ। बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: ११:१६ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
