Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलको निष्कर्ष सुनाइने

समूहगत छलफलका निष्कर्ष सुनाउन बुधबार संयोजकहरू तोकिएको थियो । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा समूहगत छलफलपछि आज ती समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यसूची छ । 
एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलको निष्कर्ष सुनाइने

काठमाडौं, फागुन १० : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफलको  निष्कर्ष सुनाइदैछ ।

समूहगत छलफलका निष्कर्ष सुनाउन बुधबार संयोजकहरू तोकिएको थियो । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा समूहगत छलफलपछि आज ती समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यसूची छ । 

Hardik ivf

बैठकमा समूहगत छलफलको निष्कर्ष सुनाउन सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजङ्ग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र केन्द्रीय विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास समूहबाट केन्द्रीय सदस्य पेम्बा लामा टोली नेता तोकिएका छन् । 

उनीहरूले समूहगत छलफलको निष्कर्ष र सुझावसहितको लिखित प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्