Kathmandu Press

एमाले बैठक : अनुशासन र विधि–पद्धति कडाइका साथ पालना गर्न माग

बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफलका क्रममा सहभागी केन्द्रीयका सदस्यहरुले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन, कमिटी प्रणालीलाई स्थापित गर्न जोड दिएका हुन्।
एमाले बैठक : अनुशासन र विधि–पद्धति कडाइका साथ पालना गर्न माग

काठमाडौं, फागुन ९ : नेकपा एमालेको जारी केन्द्रीय कमिटीको सातौं पूर्ण बैठकमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ।

बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफलका क्रममा सहभागी केन्द्रीयका सदस्यहरुले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन, कमिटी प्रणालीलाई स्थापित गर्न जोड दिएका हुन्।

Hardik ivf

छलफलमा पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्नेजस्ता पार्टी सङ्गठन निर्माणमा महत्व राख्न सहभागीले गम्भीरतापूर्वक सुझाव राखेको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बुधबारको बैठकमा प्रस्तुत अवधारणामाथि केन्द्रित भएर विभिन्न नौ समूहले आज छलफल गरेका हुन्।

समूहगत छलफलमा संसद्को कामलाई प्रभावकारी बनाउनुपर्ने, जनताका मुद्दामा विशेष ध्यान दिनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दालाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालको नारालाई कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्म संयन्त्र निर्माण गरी कार्य प्रारम्भ गर्नुपर्ने सुझाव सहभागीले राखेका थिए।

प्रकाशित मिति: २०:४९ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्