Kathmandu Press

कोशी सरकार र पहिचार पक्षधरबीच दोस्रो चरणको वार्ता सुरु

प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो। वार्ता विराटनगरस्थित इस्टर्न स्टार होटलमा जारी छ।
कोशी सरकार र पहिचार पक्षधरबीच दोस्रो चरणको वार्ता सुरु

मोरङ, फागुन ९ : कोशी प्रदेश सरकार पहिचान पक्षधरसँग दोस्रो चरणको वार्ता थालेको छ।

प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो। वार्ता विराटनगरस्थित इस्टर्न स्टार होटलमा जारी छ।

Hardik ivf

प्रदेश सरकार र पहिचान पक्षधरबीच पहिलो चरणको वार्ता माघ २६ गते भएको थियो। पहिलो चरणको वार्तामा दुवै पक्षबीच ५ बुँदे सहमति भएको थियो।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले उपचार गरिदिने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने सहमति भएको थियो ्।

वार्तामा सरकारी टोलीबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीलगायत सहभागी छन्।

प्रकाशित मिति: १९:२२ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्