Kathmandu Press

कांग्रेस महासमिति बैठकमा पहिचानको आन्दोलनको विषय उठ्यो

‘हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौं, कार्यक्रम समेत गर्न सकिएको छैन,’ उनले भने।
कांग्रेस महासमिति बैठकमा पहिचानको आन्दोलनको विषय उठ्यो

ललितपुर, फागुन ९ : नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषय उठाएका छन्।

कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे।

Hardik ivf

‘हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौं, कार्यक्रम समेत गर्न सकिएको छैन,’ उनले भने।

कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईले बताए।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्