अपहरण आरोपमा गणेश लामाविरुद्ध उजुरी
लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ।
काठमाडौं, फागुन ९ : अपहरण अरोपमा कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ। ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै लामाविरुद्ध उजुरी परेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ।
लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ। अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको पनि जाहेरीमा भनिएको छ।
लामा कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
प्रकाशित मिति: १८:५३ बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
