Kathmandu Press

मन्त्री ज्वालाको बर्खास्तगीकाे माग गर्दै अनेरास्ववियुकाे प्रदर्शन

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समित बडालले बाकुमारी घटनामा छानबिन आयोग बनाउँदा दोषीलाई कारबाही र पीडितले न्याय पाउने विश्वास लिएको भए पनि सरकारले मृतक परिवारलाई १० लाख दिएर पन्छिन खोजेको बताए।
मन्त्री ज्वालाको बर्खास्तगीकाे माग गर्दै अनेरास्ववियुकाे प्रदर्शन

काठमाडौं, फागुन ९ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्तीको माग गर्दै एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मसाल जुलुस निकालेको छ।

बालकुमारीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनामा छानविन समितिले मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै उनीहरुले मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेका हुने।

Hardik ivf

प्रदर्शनका क्रममा भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समित बडालले बाकुमारी घटनामा छानबिन आयोग बनाउँदा दोषीलाई कारबाही र पीडितले न्याय पाउने विश्वास लिएको भए पनि सरकारले मृतक परिवारलाई १० लाख दिएर पन्छिन खोजेको बताए।

छानबिन समितिको प्रतिवेदन लुकाएर दोषीलाई उम्कनमा सरकारले नै सहयोग गरेको आरोप लगाउँदै उनले मन्त्री ज्वालालाई बर्खास्त नगर्दासम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए।

 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्