Kathmandu Press

संवैधानिक राजसंस्थालगायत ४० बुँदे मागसहित प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

आफ्ना माग संवोधन नभए राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
संवैधानिक राजसंस्थालगायत ४० बुँदे मागसहित प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

काठमाडौं, फागुन ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई ४० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले बुधबार सिंहदबार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो।

अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार–केन्द्र र अधिकार प्राप्त स्थानीय तह हुनेपर्ने राप्रपाको माग छ।

Hardik ivf

यस्तै, उसले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक÷कानूनी व्यवस्थालगायतको ४० बुँदे माग ज्ञापनपत्रमा समटेको छ।

राप्रपाको ज्ञापनपत्रको विषयलाई विश्वासिलो ढङ्गबाट सम्बोधन गर्न माग गरेको छ।

ज्ञापनपत्रमा देश बचाउनुपर्ने विन्दूमा नेपाल पुगेको, विगत र वर्तमानका राम्रा र आवश्यक पक्षहरूलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने अवस्थ आएको बताइएको छ।

आफ्ना माग संवोधन नभए राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

 

 

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्