सविरको ‘रूखान’मा नीति शाह
चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच सम्झौता भएको हो। फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन्।
काठमाडौं, फागुन ९ : सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन्।
चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच सम्झौता भएको हो। फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन्।
नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुने फिल्मलाई कृष्ण थापा र सुरेश गुरुङले निर्माण गर्न लागेका हुन्। फिल्मको कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् ।
डा. रुपक घिमिरेको कथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ।
प्रकाशित मिति: १५:५३ बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार