Kathmandu Press

सविरको ‘रूखान’मा नीति शाह

चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच सम्झौता भएको हो। फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन्।
सविरको ‘रूखान’मा नीति शाह

काठमाडौं, फागुन ९ : सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा अभिनेत्री नीति शाह अनुबन्धित भएकी छन्।

चार भाषामा निर्माण हुन लागेको फिल्मका लागि निर्माण पक्ष र नीतिबीच सम्झौता भएको हो। फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिनेछिन्।

Hardik ivf

नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुने फिल्मलाई कृष्ण थापा र सुरेश गुरुङले निर्माण गर्न लागेका हुन्। फिल्मको कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् ।

डा. रुपक घिमिरेको कथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ।

 

प्रकाशित मिति: १५:५३ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्