समानुपातिक सांसदहरुको योग्यताको रिटमा निरन्तर सुनुवाइ हुने
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले रिटलाई चाँडो निश्कर्षमा पु¥याउन ‘हेर्दाहेर्दै’ मा राख्न आदेश दिएको छ।
काठमाडौं, फागुन ९ : समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले बुधबारदेखि अन्तिम सुनुवाइ थालेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले रिटलाई चाँडो निश्कर्षमा पु¥याउन ‘हेर्दाहेर्दै’ मा राख्न आदेश दिएको छ।
बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले सिमान्तकृत, पिछडिएका र राज्यको मूल प्रवाहमा नरहेकाहरुलाई समानुपातिक सूचीमा राख्नुपर्नेमा सबैजसो दलहरुले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएका, यसअघि नै राजनीतिको मूल प्रवाहमा रहेकाहरुलाई समानूपातिक सांसद बनाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रकाशित मिति: १५:३५ बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)