एमाले बैठकमा नौवटा समूह बनाएर प्रतिवेदनमाथि छलफल
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि बैठक चलिरहेको छ। कार्ययोजनासहित बैठकमा प्रतिवेदन पेश भएका छन्। नौवटा समूह बनाएर छलफल भइरहेको छ।
काठमाडौं, फागुन ९ : एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ। बुधबार विभिन्न नेताद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि बैठक चलिरहेको छ। कार्ययोजनासहित बैठकमा प्रतिवेदन पेश भएका छन्। नौवटा समूह बनाएर छलफल भइरहेको छ।
बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाका समेटिएको प्रतिवेदन पेश गरेका छन्।
प्रकाशित मिति: १५:३४ बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
