मकवानपुरमा अटो दुर्घटनामा चालकको मृत्यु
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना२ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो।
मकवानपुर, फागुन ९ : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना२ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो।
घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३० बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार