Kathmandu Press

माओवादी सशस्त्र द्वन्द्वमा २५०६ बेपत्ता (सूचिसहित)

काठमाडौं, चैत ४ : माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता भएका व्यक्तिको नाम सार्वजनिक गरिएको छ। जसमा दुई हजार पाँच सय ६ जना बेपत्ता रहेको जनाएको छ।

....
माओवादी सशस्त्र द्वन्द्वमा २५०६ बेपत्ता (सूचिसहित)

काठमाडौं, चैत ४ : माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता भएका व्यक्तिको नाम सार्वजनिक गरिएको छ। जसमा दुई हजार पाँच सय ६ जना बेपत्ता रहेको जनाएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको सूचि सार्वजनिक गरेको हो। बेपत्ता पारिएका व्यक्तिका आफन्तको उजुरीका आधारमा छानविन गरेर सूचि सार्वजनिक गरिएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको सूचिमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति समेटिएका छन्। आयोगले जारी गरेको सूचिअनुसार, सबैभन्दा बढी बर्दियामा दुई सय ५४ जना वेपत्ता रहेका छन्।

बेपत्ता आयोगमा उजुरी दिने व्यक्तिको नाम भने गोप्य राखिएको छ। अझै पनि कोही व्यक्ति वेपत्ता रहे खबर गर्न वा उजुरी गर्न आग्रह गरेको छ।

यसका लागि सिधै आयोगको कार्यालयमा पुगेर वा टोल फ्रि नं. १६६०–०१–२२१११ मा सम्पर्क गर्न सकिनेछ।

 

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्