Kathmandu Press

मिटरब्याज र लघुवित्तपीडित प्रधानमन्त्री निवास बालुवाटारमा

पीडितहरुले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग राख्दै बालुवाटार पुगेका हुन्।
मिटरब्याज र लघुवित्तपीडित प्रधानमन्त्री निवास बालुवाटारमा
फाइल तस्बिर।

काठमाडौं, फागुन ९ : नेपालका विभिन्न क्षेत्रबाट पैदलै काठमाडौं आएका मिटरब्याज र लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

पीडितहरुले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग राख्दै बालुवाटार पुगेका हुन्।

Hardik ivf

लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने माग समेत छ। मिटरव्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आउनुपरेको गुनासो उनीहरूको छ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मंगलबार राजधानीमा मार्चपास गरेको थियो। उनीहरु आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन्। तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ।

गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरे अहिलेसम्म न्याय नपाएकोे उनीहरूले बताएका छन्।

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्