Kathmandu Press

सितापाइला घटना : तीनजनाको हत्यापछि विकले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष

हत्या विकबाटै भएको सूचनाका आधारमा प्रहरीले खोजी गर्नेक्रममा हत्या भएको घरभन्दा केहीपर नागार्जुन नगरपालिका वडा नं. ५ सितापाइला हरिसिद्धीको जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।
सितापाइला घटना : तीनजनाको हत्यापछि विकले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष

काठमाडौं, फागुन ९ : प्रहरीको प्रारम्भिक अनुसन्धानले सितापाइलामा एकै परिवारका तीन जनाको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको देखाएको छ।

डकर्मी काम गर्ने विकले १५ वर्षका छोरालाईसय रुपैयाँ दिएर गोलमारी किन्न पसल पठाएर बिहान करिब ९ बजेतिर ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी र नातिनीको हत्या गरेको प्रराम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

Hardik ivf

त्यसपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै ससुरालीमा फोन गरेका थि । हत्या विकबाटै भएको सूचनाका आधारमा प्रहरीले खोजी गर्नेक्रममा हत्या भएको घरभन्दा केहीपर नागार्जुन नगरपालिका वडा नं. ५ सितापाइला हरिसिद्धीको जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

हत्या प्रकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: १४:११ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्