एमाले कैलालीको अध्यक्षका लागि सहमतिको प्रयास असफल
सहमतीको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयासले सार्थकता नपाएपछि निर्वाचन समितिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको छ।
कैलाली, फागुन ९ : नेकपा एमाले कैलालीको अध्यक्षका लागि सहमतिको प्रयास असफल भएपछि चार जनाको उम्मेदवारी परेको छ।
अधिवेशन सुरु भएको चौंथो दिनपछि बुधबार निर्वाचन प्रक्रिया अघि बढाइएको हो। सहमतीको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयासले सार्थकता नपाएपछि निर्वाचन समितिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको छ।
एमाले कैलाली अध्यक्षमा वर्तमान कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटी सदस्य कमलसिंह रानाले उम्मेदवारी दिएका छन्।
यस्तै उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममताप्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको छ।
उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज रेग्मी, राजु गुरुङ,चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
मतदानको प्रक्रिया अघि बढाइए पनि यसविचमा सहमतीको प्रयास भने जारी नै रहेको एमाले कैलालीका नेताहरुले जनाएका छन्।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
