मोरङमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङ, फागुन ९ : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।
बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार माझीको मृत्यु भएको हो।
मोटरसाइकल चालक २६ वर्षीय राहुल माझी घाइते भएका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १३:०४ बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
