Kathmandu Press

अभिनेत्री अनुष्का र क्रिकेटर कोहली दम्पतीलाई पुत्रलाभ

अभिनेत्री अनुस्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
अभिनेत्री अनुष्का र क्रिकेटर कोहली दम्पतीलाई पुत्रलाभ

नयाँ दिल्ली, फागुन ९ : बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली दोस्रो सन्तानको आमाबाबु बनेका छन्।

अनुष्का–कोहली दम्पतीलाई दोस्रो सन्तानका रुपमा पुत्रलभा भएको छ। अभिनेत्री अनुस्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

छोरा जन्मिएको ५ दिनपछि समाचार बाहिर भएको हो। यी दुईले जुनियर कोहलीको नाम ‘अकाय’ राखेका छन्। यो दम्पतीले पहिलो सन्तानका रुपमा वामिकालाई जन्म दिएको थियो।

छोराका पखाईमा विराटले केही समयदेखि क्रिकेटबाट विश्राम लिएका छन्। विराटले घरेलु मैदानमा जारी इंग्ल्यान्डविरुद्धको सिरिजबाट आफ्नो नाम फिर्ता लिएका थिए। अब उनी एकै पटक आईपिएलमा देखिनेछन्।

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्