Kathmandu Press

सितापाइलामा एकै परिवारका चारजना मृत फेला

प्रहरीका अनुसार एक महिला, उनका दुई छोरीहरु घरको कोठाभित्र मृत भेटिएका छन् भने मृतक महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
सितापाइलामा एकै परिवारका चारजना मृत फेला

काठमाडौं, फागुन ९ : काठमाडौंको सितापाइलामा एकै परिवारका चारजना मृत फेला परेका छन्। प्रहरीका अनुसार एक महिला, उनका दुई छोरीहरु घरको कोठाभित्र मृत भेटिएका छन् भने मृतक महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरीका अनुसार ३८ बर्षिय महिला, दुई र आठ बर्षका छोरीहरुको हत्या गरिएको आशंका छ।

Hardik ivf

मृतक महिलाका श्रीमान् रामप्रसाद सुनारको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो। उनी सोलुखुम्बुका रहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ।

 

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्