Kathmandu Press

हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास

हजार सदस्यहरुको हस्ताक्षर जुटाउने उनीहरुको लक्ष छ । बहुमत सदस्यहरुको हस्ताक्षर जुट्न सकेमा औपचारिक प्रस्तावका रुपमा अभियानको एजेन्डा महासमितिमा प्रवेश गराउने अभियन्ताहरुको रणनीति देखिन्छ।
हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, औपचारिक प्रस्ताव ल्याउने प्रयास

काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरु सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्।

अभियानको प्रस्तावलाई औपचारिक रुपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरुको माग रहेको छ। यसै विषयमा छलफल गर्न सभापति देउवासँग समय लिएर भेट्न गएको अभियानका सदस्य लोकेश ढकालले बताए।

अभियानले हालसम्म ८ सय पचास महासमिति सदस्यहरुको हस्ताक्षर जुटाईसकेको नेता ढकालले बताए। हजार सदस्यहरुको हस्ताक्षर जुटाउने उनीहरुको लक्ष छ । बहुमत सदस्यहरुको हस्ताक्षर जुट्न सकेमा औपचारिक प्रस्तावका रुपमा अभियानको एजेन्डा महासमितिमा प्रवेश गराउने अभियन्ताहरुको रणनीति देखिन्छ।

Hardik ivf

यो अभियानलाई नेपाली कांग्रेसकै जनजाती, मुस्लिम भ्रातृ संगठन र केही शीर्ष नेताहरुले असहयोग गरिरहेको अभियानका सदस्यले बताएका छन्। हिजो मंगलबार मात्र पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा.सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरिसकेका छन्।  

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित  प्रस्ताव गरेका थिए। महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरुले व्यक्तिगत धारणा राख्ने जनाएका छन्।  

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्र्तगत हस्ताक्षर संकलन गरिएको हो। अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरु सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाए।

गौतम बुद्ध जस्ता महान व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ।

महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले वैठकको सभा हल अगाडी ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन  हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन्।

प्रकाशित मिति: १०:३२ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्