मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना
पश्चिम वायुको प्रभावका कारण आज देशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं, फागुन ९ : आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिम वायुको प्रभावका कारण आज देशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।
प्रकाशित मिति: ०८:५१ बजे, बुधबार, फागुन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












