Kathmandu Press

ललितानिवास क्षेत्रका व्यक्ति, कम्पनी र संघसंस्था एक साताभित्र हट्नु : कामपा 

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो । 
ललितानिवास क्षेत्रका व्यक्ति, कम्पनी र संघसंस्था एक साताभित्र हट्नु : कामपा 
Hardik ivf

काठमाडौं, फागुन ९ : काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । 

विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो । 

सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य  महानगरपालिकाको भएको भन्दै महानगरले जनाएको छ । “यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,” महानगरले भनेको छ । 

प्रकाशित मिति: ०८:१३ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्