Kathmandu Press

कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि छलफल हुँदै 

बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो । छलफलका लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ । 
कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि छलफल हुँदै 

काठमाडौं, फागुन ९ : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ ।

बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आजदेखि छलफल हुने भएको हो । छलफलका लागि महासमिति प्रतिनिधिहरूलाई प्रदेशगत रूपमा विभिन्न समूहमा विभाजन गरिनेछ । 

Hardik ivf

गोदावरीको सनरालाइज सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगत रूपमा छलफल हुनेछ । गोदावरी हलमा कोसी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा वाग्मती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्तावमाथि सुझाव दिन बैठकमा छलफल हुनेछ ।  

केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् । 

सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

प्रकाशित मिति: ०७:५७ बजे, बुधबार, फागुन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्