Kathmandu Press

उपन्यास ‘कालो सूर्य’को चित्रकला प्रदर्शनी

उनले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्किएकी छिन्। १५ भाषामा उपन्यास अब अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन्।
उपन्यास ‘कालो सूर्य’को चित्रकला प्रदर्शनी

काठमाडौं, फागुन ८ : अग्रज साहित्यकार भरत जंगमको उपन्यास ‘कालो सूर्य’ माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु भएको छ।

चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरुलाई २५ चित्रमा उतारेक छिन्। प्रदर्शनी पाँच दिनसम्म चल्ने छ।

Hardik ivf

उनले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्किएकी छिन्। १५ भाषामा उपन्यास अब अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले चित्रकला प्रदर्शनी उद्घाटन गर्दै कालो सूर्यले विश्वव्यापी रुपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पु¥याउन सफल भएकामा प्रशंसा गरे।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि सुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताए।

चित्रकार इन्दु पन्तले कलामार्फत जीवन्त बनाएको बताउँदै भनिन्, ‘भरत जंगमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले  विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ।’

चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेखेको उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रुपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन्।

प्रदर्शनीमा कालो सूर्य पुस्तकमा आधारित २५ र अन्य दुईसहित २७ वटा चित्र प्रदर्शनीमा समावेश गरिएको छ।

प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्