Kathmandu Press

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

बैठक १० गते (बिहीबार) विहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ।
माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्रले आगामी विहीबार विहान स्थायी समिति बैठक बोलाएको छ।

बैठक १० गते (बिहीबार) विहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर, प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको छ।

प्रकाशित मिति: १७:११ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्