Kathmandu Press

बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइनेछ : सरकार

प्रवक्ता रेखा शर्माले बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगको प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाएको भन्दै प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइने जानकारी दिएकी हुन्।
बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइनेछ : सरकार

काठमाडाैं, फागुन ८ : सरकारले बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइने जनाएको छ। 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगको प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाएको भन्दै प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइने जानकारी दिएकी हुन्।

Hardik ivf

मन्त्रिपरिषद्ले तीनै तहका सरकारबीच रोयल्टी बाँडफाँटका आधारसहितका अनुसुचीहरु स्वीकृत गर्ने र सम्बन्धीत प्रदेश तथा स्थानीय तहहरुलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको उनले बताए। डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय भएको उनले बताइन्

त्यस्तै एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने, सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

त्यस्तै बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानविन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्