Kathmandu Press

प्रदेश २ को राजधानी जनकपुर, नामका लागि मतदान हुँदै

जनकपुरधाम, चैत ४ : प्रदेश २ को नाम जनकपुर राख्न सबै दल सहमत भएपनि नामकरणबारे भने विवाद छ। केहीबेरमा नामकरणका लागि मतदान हुन लागेको छ।

प्रदेश....

प्रदेश २ को राजधानी जनकपुर, नामका लागि मतदान हुँदै

जनकपुरधाम, चैत ४ : प्रदेश २ को नाम जनकपुर राख्न सबै दल सहमत भएपनि नामकरणबारे भने विवाद छ। केहीबेरमा नामकरणका लागि मतदान हुन लागेको छ।

प्रदेशको नाम र राजधानी तोक्न बिहान ८ बजेदेखि प्रदेश सभाको बैठक सुरू भएको छ। बैठकमा सांसदहरूले बोलिरहेका छन्। त्यसपछि मतदान सुरू हुनेछ।

प्रदेश २ को राजधानी जनकपुर राख्न राजपा, समाजवादी, नेकपा र कांग्रेस सहमत देखिएका छन्। त्यस्तैले प्रदेशको राजधानी जनकपुर सर्वसम्मतबाट पारित हुने भएको छ।

तर, प्रदेशको नामबारे भने विवाद छ। राजपा र समाजवादीले मधेश प्रदेश राख्नुपर्ने माग गरेको छ। त्यस्तै, नेकपाले जानकी र कांग्रेसले मिथिला भोजपुरा नाम राख्नुपर्ने माग गरेको छ।

त्यसैले तीन वटै प्रस्तावमाथि मतदान हुनेछ। नामकरण गर्न दुई तिहाइ बहुमत चाहिन्छ।

एक सय सात सदस्यीय प्रदेश सभामा समाजवादीका ३०, नेकपाका ३२, राजपाका २५, कांग्रेस १९ र नेपाल संघीय समाजवादीको एक सांसद छन्।

अब नामकरणका लागि गोप्य मतदान हुने सभामुख सरोजकुमार यादवले बताए। दलहरूबीच सहमति हुन नकेपछि मतदानमा जान लागिएको उनको भनाइ छ।

 

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, चैत ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्