Kathmandu Press

‘सनातन हिन्दु राष्ट्र’ अभियानमा चार सयको हस्ताक्षर संकलन

अभियानको पक्षमा पूर्व महामन्त्री डा.शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन्।
‘सनातन हिन्दु राष्ट्र’ अभियानमा चार सयको हस्ताक्षर संकलन

काठमाडौं, फागुन ८ : कांग्रेसको महासमिति वैठकमा ‘सनातन हिन्दू राष्ट्र नेपाल’ अभियानको पक्षमा चार सय जनाको हस्ताक्षर संकलन भएको छ। 

महासमिति सदस्यहरूले नै हस्ताक्षर अभियान चलाएका छन्। गोदावरीमा जारी वैठकको हल बाहिर स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन्।

अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर भएको अभियानका सदस्यले बताएका छन्।

अभियानको पक्षमा पूर्व महामन्त्री डा.शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन्। कांग्रेसका अन्य शीर्ष नेताहरूले भने हस्ताक्षर नगरेको जनाइएको छ। 
 

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्