Kathmandu Press

सरकारमा सहभागी मन्त्रीको कार्यसम्पादनमा महामन्त्री शर्माले उठाए प्रश्न 

शर्माले आफ्नो प्रतिवेदनमा पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेको उल्लेख गरेका छन्।
सरकारमा सहभागी मन्त्रीको कार्यसम्पादनमा महामन्त्री शर्माले उठाए प्रश्न 

काठमाडौं, फागुन ८ : कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट सरकारमा सहभागी केही मन्त्रीको कार्यसम्पादन भूमिकामाथि प्रश्न उठाएका छन्। 

शर्माले आफ्नो प्रतिवेदनमा पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेको उल्लेख गरेका छन्। उनले पार्टीबाट सरकारमा रहेका प्रतिनिधिलाई जनअपेक्षाअनुसार काम गर्न महासमिति बैठकबाट निर्देशन दिनुपर्ने समेत उल्लेख गरेका छन्। पार्टीबाट सरकारमा रहेका तीनै तहका प्रतिनिधिलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा जनाइएको छ। 

Hardik ivf

शर्माको प्रतिवेदनमा उल्लेख छ, ‘जनअपेक्षाअनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ। तर, केही मन्त्रीको भूमिका मन्त्रीका रूपमा प्रभावकारी बिल्कुलै देखिएको छैन।’ यस्तै उनले भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सदाचार पद्धति स्थापनाको संकल्पमा लाग्नुपर्ने पनि बताएका छन्। महासमिति बैठकबाट १५ वर्षे नीति, विधि र थितिको जग बसाल्ने आधार तयार पार्नुपर्ने सुझाव प्रतिवेनमा दिइएको छ। 

यस्तै उनले चीन र भारतसँग कूटनीतिक संवाद गरेर प्रयोगहीनजस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने बताउँदै अर्बौँको ऋण लिएर बनाइएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन बन्दा मुलुक आर्थिक भारमा फसेको समेत प्रतिवेदनमा छ। उनले बलियो राजनीतिक र कूटनैतिक इच्छाशक्ति अपेक्षित रहेको बताउँदै भनेका छन्, ‘जसमार्फत उत्तर र दक्षिणका दुवै मित्रराष्ट्रसँग सार्थक व्यावसायिक संवाद गर्न सकौँ।’
 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्