'समग्र परिस्थितिको संयम समीक्षा गरेर कांग्रेस आवेगमुक्त ढंगले चल्छ'
कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चयनै रहे पनि केही मन्त्रीको भुमिका मन्त्रीका रुपमा प्रभावकारी बिल्कुलै नदेखिएको उनको प्रतिवेदनमा उल्लेख छ।
काठमाडाैं, फागुन ८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारमार्फत कम्तीमा संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको बताएका छन्। मंगलबार कांग्रेसको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै शर्माले त्यस्ताे बताएका हुन्।
अहिले कांग्रेसले समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने विषयमा संस्थागतरूपले स्पष्ट रहेको उनको प्रतिवेदनमा उल्लेख छ। कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चयनै रहे पनि केही मन्त्रीको भुमिका मन्त्रीका रुपमा प्रभावकारी बिल्कुलै नदेखिएको उनको प्रतिवेदनमा उल्लेख छ।
उनले केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्ने बताए। शर्माले गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुनेमा जोड दिए।
महासमितिको बैठकमार्फत तहको सरकारमा रहेका पार्टी प्रतिनिधिहरुलाई जनअपेक्षाको कसीमा खरो उत्रने ढंगले कार्यक्षमता र गति बढाउन निर्देशित गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। महासमिति बैठकमार्फत सांगठनिक प्रतिवेदनको प्रस्ताव अनुरुप बलियो संगठन र नीति प्रस्तावको आधारमा सुस्पष्ट दृष्टिकोण बोकेर अगाडिको यात्रा तय गर्नुपर्ने शर्माको जोड छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
