कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी ठगी आरोपमा पक्राउ
प्रहरी वृत्त बानेश्वरको टोलीले ठकुरीलाई पक्राउ गरिेको हो। जिल्ला अदालत काठमाडौंबाट यसअघि ठकुरीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
काठमाडौं, फागुन ८ : कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी ठगी आरोपमा पक्राउ परेका छन्।
प्रहरी वृत्त बानेश्वरको टोलीले ठकुरीलाई पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौंबाट यसअघि ठकुरीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा भइसकेको छ।
कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको तथ्य सार्वजनिक भएको थियो। ठकुरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
