मिटरब्याज र लघुवित्त पीडितहरूले गरे मार्च पास
लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौंको रिङ्रोडमा मार्चपास गरेका हुन्। नेपालका बिभिन्न क्षेत्रबाट पैदलै उनीहरु काठमाडौं आएका हुन्।
काठमाडाैं, फागुन ८ : मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोलीले मंगलबार काठमाडौंमा मार्च पास गरेको छ।
लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौंको रिङरोडमा मार्चपास गरेका हुन्। नेपालका बिभिन्न क्षेत्रबाट पैदलै उनीहरु काठमाडौं आएका हुन्।
उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिब किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका नौ बुदे माग अघि सारेका छन्।
लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना मागहरु पूरा नभएसम्म घर नफर्किने बताएका छन्। मिटरब्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरुको भनाइ छ।
तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ। गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो।आयोगले प्रतिवेदन बुझाएपनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरुको गुनासो छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
