‘संवैधानिक आयोगहरुको प्रभावकारिता बढाउन पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्छ’
राष्ट्रिय समावेशी आयोगको तेश्रौ वार्षिक स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संवैधानिक आयोगहरुले स्रोत साधनका अभावका कारण काम गर्न नसकेको गुनासो गर्नेगरेको भन्दै राज्यले यस बिषयमा बिशेष ध्यान दिनुपर्ने बताएका हुन्।
काठमाडाैं, फागुन ८ : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संवैधानिक आयोगहरुको प्रभावकारिता बढाउन राज्यले पर्याप्त स्रोत साधन उपलब्ध गराउनुपर्ने बताएका छन्।
राष्ट्रिय समावेशी आयोगको तेश्रौ वार्षिक स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संवैधानिक आयोगहरुले स्रोत साधनका अभावका कारण काम गर्न नसकेको गुनासो गर्नेगरेको भन्दै राज्यले यस बिषयमा बिशेष ध्यान दिनुपर्ने बताएका हुन्।
स्रोत साधनको अभावमा लक्ष्य अनुसारको काम पुरा हुन नसक्ने उनले बताए। उनले आयोगहरुले पनि आफ्नो क्षेत्राधिकारमा रहेको कामलाई प्रभावकारी रुपमा गर्नुपर्नेमा जोड दिए। तिमिल्सिनाले आयोगले गरेका सिफारिसहरुलाई राज्यका सम्बन्धीत निकायहरुले कार्यान्वयन गर्नुपर्ने धारणा राखे। उनले जुनसुकै नागरिकले विना अवरोध राज्यबाट सेवा पाउनुपर्ने बताए।
कार्यक्रममा समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाले राजनीतिमा विभिन्न प्रकारका विभेद अन्त्य गरि समावेशी सिद्धान्तलाई अवलम्वन गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिए। आरक्षणलाई सामाजिक न्यायको दृष्टिकोणबाट उपयुक्त बनाउन पनि सिफारिस गरिएको उहाले बताए।

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)