जनसम्पर्क समिती बेलायले ६ जनालाई गर्यो कांग्रेस महासमिति सदस्य चयन
महासमिति सदस्यहरुमा बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ, केशबहादुर गुरुङ रहेका छन् भने जनसम्पर्क समिती बेलायतका गुरुङ पदेन रहेका छन् ।
काठमाडौं, फागुन ८ : नेपाली जनसम्पर्क समिती वेलायतले ६ जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य चयन गरेको छ ।
जनसम्पर्क समिती वेलायतका सभापति युवराज गुरुङले २६ जनवरी २०२३ मा वसेको समितिको बैठकबाट महासमिति सदस्य चयन गरेको उल्लेख गर्दै नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिलाई पत्राचार गरेका हुन्।
महासमिति सदस्यहरुमा बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ, केशबहादुर गुरुङ रहेका छन् भने जनसम्पर्क समिती बेलायतका गुरुङ पदेन रहेका छन् ।
चयन भएका सबै गोदावारीमा जारी महासमिति बैठकमा उपस्थित भएका छन् । महासमिति बैठकमा सहभागी उनीहरुले जनसम्पर्क समितिका विविध मुद्दामा आवाज उठाउने बताएका छन्।
प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार