Kathmandu Press

महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथि चार समूहमा छलफल 

बैठकमा सहभागी दुई हजार दुई सय प्रतिनिधिलाई चार समूहमा विभाजन गरेर छलफल गरिने भएको छ। भोलि बुधबार चार समूहमा छलफल गर्ने, बिहीबार बैठक समापन गर्ने तयारी रहेको जनाइएको छ।
महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथि चार समूहमा छलफल 

काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा पेश गरिएका प्रतिवेदनमाथि छलफलका लागि समूह विभाजन गरिएको छ। 

गोदावरीमा जारी बैठकमा नेताहरूले पेश गरेका प्रतिवेदनमा छलफल गर्न चारवटा समूह तय भएको हो। बैठकमा सहभागी दुई हजार दुई सय प्रतिनिधिलाई चार समूहमा विभाजन गरेर छलफल गरिने भएको छ। भोली बुधबार चार समूहमा छलफल गर्ने, बिहीबार बैठक समापन गर्ने तयारी रहेको जनाइएको छ।

Hardik ivf

आज प्रतिवेदनहरुको प्रश्तुती सकिने छ। बैठकको दोस्रो दिन बन्दसत्र चलिरहेको छ। पार्टीका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरिसकेका छन्। लेखा समितिका संयोजक श्याम घिमिरेले पनि आर्थिक प्रतिवेदन पेश गरिसकेका छन्। 

यसपछि महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक अवस्थाबारे प्रस्ताव पेस गर्दैछन्। 
 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्