Kathmandu Press

दिगो विकाससम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बैंककमा

उक्त प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा रामकुमार फुँयाल, सचिव डा तोयनारायण ज्ञवाली र सहसचिव महेश भट्टराईलगायत सहभागी छन्।
दिगो विकाससम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बैंककमा

काठमाडौं, फागुन ८ : दिगो विकाससम्बन्धी एशिया प्यासिफिक फोरममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। 

उक्त प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा रामकुमार फुँयाल, सचिव डा तोयनारायण ज्ञवाली र सहसचिव महेश भट्टराईलगायत सहभागी छन्।

आजदेखि शुक्रबारसम्म बैङ्ककस्थित संयुक्त राष्ट्र सङ्घको सम्मेलन केन्द्रमा हुने उक्त कार्यक्रममा दिगो विकासका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा हुने आयोगले जनाएको छ। 

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्