Kathmandu Press

प्रदेश सांसद र वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग उनीहरुविरुद्ध छ। भ्रष्टाचार मुद्दा लगाइएका यादव राप्रपाका सांसद हुन्। 
प्रदेश सांसद र वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, फागुन ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादव, तत्कालीन तीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग उनीहरुविरुद्ध छ। भ्रष्टाचार मुद्दा लगाइएका यादव राप्रपाका सांसद हुन्। 

अख्तियारले सांसद यादवसहित जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन वन अधिकृतहरू कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईं, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसादसिंह राजपुत, फरेस्टर रामरक्षा कुर्मी (चौधरी) लाई अयिुक्त काउयम गर्दै मुद्दा दायर गरेको हो। 

Hardik ivf

यसैगरी, वनरक्षकहरू सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी र वासुदेव गोडिया, फरेस्टर रमतु चौधरी, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन संयोजक÷अध्यक्ष जानकीप्रसाद यादव, गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठ दाउरा खरिद–बिक्री सेन्टरका प्रोपाइटर गीता जिसीविरुद्ध पनि भ्रष्टाचारको आरोप लगाइएको छ। 

अख्तियारको अनुसन्धानबाट गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा अनियमितता गरेको भेटिएको छ। आर्थिक वर्ष २०७४÷०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग दाबी छ। ८०३ वटा रुखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्यूफिट काठ र ४९.२३ क्विन्टल चट्टा दाउरा सङ्कलन गर्नुपर्नेमा नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन सङ्कलन भएको देखाएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। 

अख्तियारको अनुसन्धानबाट ६ वटा प्लटमध्ये चार वटा प्लटबाट ९ लाख ३९ हजार एक सय ३५ रुपैयाँ ४० पैसा बराबरको वन पैदावार र दुई वटा कटान प्लटबाट १९ लाख ७३ हजार ८५ रुपैयाँ २५ पैसा बराबरको बन पैदावार हिनामिना र हानी नोक्सानी भएको देखिएको छ। प्रदेश सांसद यादवलाई २९ लाख १२ हजार एक सय ९३ रुपैँया ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी छ।

अख्तियारले अभियोगपत्रमा गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काष्ठ दाउरा खरिद बिक्री सेन्टरका प्रोपाइटर गिता जिसीलाई भने क्रमशः ९ लाख ३९ हजार एक सय ३५ रुपैयाँ ४ पैसा र १९ लाख ७३ हजार ५८ रुपैयाँ २५ पैसा बिगो जरिवानाको मागदाबी गरेको छ। बाँकी सबैको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरि कैदसजायको मागदाबी लिइएको छ। सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको बताउँदै अख्तियारले विगोको अनुपातमा भ्रष्टाचार निवामरण ऐन, २०५९ अजुरुप सजायको माग गरेको छ। 

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्