Kathmandu Press

राजतन्त्र ब्युँताउने मिठो सपना बाँडेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको छ : ओली

नले सक्कली राजतन्त्र ५८ जेठ १९ गते समाप्त भइसकेको उल्लेख गर्दै त्यसपछि राजनीतिक कमजोरीको फाइदा उठाउँदै कुशको नक्कली राजतन्त्र खडा गरिएको तर्क गरे।
राजतन्त्र ब्युँताउने मिठो सपना बाँडेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको छ : ओली

काठमाडौं, फागुन ८ : एमाले अध्यक्ष केपी ओलीले  जनतामा रहेका असन्तुष्टिलाई दक्षिणपन्थी प्रतिक्रियावादी भित्री र बाहिरी शक्तिले असन्तुष्टिलाई प्रयोग गर्न खोजिरहेको बताउका छन्।

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सक्कली राजतन्त्र ५८ साल जेठ १९ गते समाप्त भइसकेको उल्लेख गर्दै त्यसपछि राजनीतिक कमजोरीको फाइदा उठाउदै कुशको नक्कली राजतन्त्र खडा गरिएको तर्क गरे। उनले जनआन्दोलनको रापतापले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको धारणा राखे।  

Hardik ivf

अहिलेको गठबन्धनको असफलताले नयाँ शक्ति भन्दै स्वतन्त्र पार्टी भन्नेहरु जन्मिएको  र असफलत गठबन्धनकै कारण राजतन्त्रको कुरा उठिरहेको उनले बताए। ओलीले एमालेकाविरुद्ध झुटो लान्छना लगाउने कामले देशका लागि कोही छैन भन्ने भाष्य सिर्जना भएको जिकिर गरे।

उनले गठबन्धनले आफुसंग देशलाई डुवाउन खोजेको भन्दै एमालेले देशलाई जोगाउदै सुशासन र विकासलाई अघि बढाउनुपर्ने बताए। ओलीले शान्तिप्रक्रियाका कामलाई पिडितलाई न्यायदिने गरि छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा एमालेको जोड रहेको पनि बताए।

त्यस्तै ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा केही तलमाथि नभएको भन्दै यस विषयमा अदालतले गरेको फैसलालाई लिएर विरोधीले प्रचार गर्न खोजेको बताए।

फागुन १० गतेसम्म चल्ने एमाले केन्द्रीय कमिटीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र दबाबको एजेन्डा तथा समसामयिक प्रस्तावमाथि छलफल भइ निष्कर्ष निकाल्ने एमालेले जनाएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्