निराशा बेच्दै परिवर्तन उल्टाउन खोज्नु अधिनायकवाद : उपसभापति खड्का
नयाँ र राजसंस्था पुनःस्थापनाको माग गर्ने दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौं, फागुन ८ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई अधिनायकवादीको संज्ञा दिइएको छ।
नयाँ र राजसंस्था पुनःस्थापनाको माग गर्ने दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको प्रतिवेदनमा उल्लेख छ। निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको उपसभापति खड्काको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो। अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्रविरोधी हुन्। प्राप्त उपलब्धिमा उनीहरूको कुनै अपनत्व छैन। न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ न त जिम्मेवारी।’
प्रतिवेदनमा लोकरिझ्याइँ र अधिनायकवाद बढेको उल्लेख गर्दै दृष्टिकोणबिनाको लोकप्रियता अर्थहीन हुने ठहर गरिएको छ। ‘यस्तो लोकरिझ्याइँमा रम्ने पार्टी र संगठनको इतिहास, वर्तमान र भविष्य दुवै हुँदैन,’ खड्काको प्रतिवेदनमा उल्लेख छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
